काठमाडौं । भारतीय कांग्रेस प्रवक्ता राजीव त्यागीको मृत्यु भएको छ । उनलाई हृदयाघात भएपछि उनको ज्यान गएको हो ।
बुधबार हृदयाघात भएर उनको ज्यान जानुअघि उनी एक टीभी च्यानलमा बहसमा सहभागी भएका थिए । स्वास्थ्य बिग्रनासाथ उनलाई गाजियाबादको उक अस्पतालमा लगिएको थियो ।
उनले अपरान्ह ४ बजेतिर साँझ ५ बजे आजतक च्यानलमा हुने भनी ट्वीट गरेका थिए ।
देशभक्त र इमानदार नेताका रुपमा परिचित त्यागी २१ वर्षअघि सन् १९९९ मार्च १९ मा गाजियाबादमा तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयी सहभागी सभामा वाजपेयीलाई कालो झण्डा देखाएर चर्चामा आएका थिए । त्यसपछि उनलाई जेल चलान गरिएको थियो ।
उनको ५० वर्षको अल्पायुमै ज्यान गएको हो । कांग्रेसले उनको मृत्युमा दुःख व्यक्त गर्दै लेखेको छ, ‘उनी सच्चा देशभक्त थिए ।’