arrow

इञ्जाले स्वर्गीय पत्रकार बलराम बानियाको परिवारलाई एक लाख रुपैयाँ सहयोग दिने 

logo
प्रकाशित २०७७ साउन २९ बिहिबार
Balaram-baniya.jpg

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) ले कान्तिपुर राष्ट्रिय दैनिकसंग आवद्ध वरिष्ठ पत्रकार बलराम बानियाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । 

वरिष्ठ पत्रकार बानियाको कलम सदैव प्रजातन्त्रको संरक्षण र सुशासनका पक्षमा चलेको उल्लेख गर्दै इञ्जाले आफ्नो शोक विज्ञप्तिमा उनको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति पुगेको बताएको छ ।

स्वर्गीय पत्रकार बानियाको निधनको कारण अझै पनि प्रष्ट हुन नसकिरहेको अवस्थामा यस सम्वन्धमा आवश्यक अनुसन्धानलाई तीव्रताका साथ अगाडि बढाउन पनि इञ्जाले माग गरेको छ । 

पत्रकारहरुका समस्यामा सदैव चासो राख्दै आएको इञ्जाले स्वर्गीय पत्रकार बानियाको अन्त्येष्टि र काजकिरियामा परिवारलाई सहयोग पुगोस् भनी तत्कालै आफ्नो आपतकालिन कोषबाट १ लाख रुपैयाँ दिने निर्णय गरेको छ । 

यस संकटको क्षणमा स्वर्गीय बानियाको परिवारलाई सहयोग गर्न पनि इञ्जाले नेपाल सरकार, पत्रकारिता सम्वद्ध संस्थाहरु तथा शुभेच्छुकहरुलाई आह्वान गरेको छ ।



लोकप्रिय समाचार
नयाँ