रुपन्देही । देशभरका ७ सय ५३ वटा स्थानीय तह मध्ये विभिन्न निर्णय गरेर विज्ञप्ती जारी गर्नेमा एक उदाहरणिय नगरपालिका मानिन्छ । वाहिर धेरै जसोलाई विकसित नगरको रुपमा स्थापित गर्न खोजेको र केही चर्चा समेत वटुलेको नगरपालिका भित्रको यो सडकको अवस्थाले नै यसको चित्रण गर्दछ ।
यो सडक रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित मंगलापुर–कान्छीवजार सडकखण्ड हो । जुन सडकमा दैनिक साना तथा ठुला सवारी साधनहरु आवागमन गर्ने गर्दछन् । उक्त सडकको दुरावस्था अत्यन्तै नाजुक वन्न पुग्दा समेत चर्चा कमाउन सफल तिलोत्तमा नगरपालिकाको ध्यान केन्द्रित हुन नसकेको स्थानीयहरुले गुनासो गरेका छन् ।
मंगलापुर देखि कान्छीवजार पुग्दा समेत सडकको अवस्था निकै जीर्ण अवस्था रहेको छ । जसले गर्दा सडकभरी साना देखि ठुला खाडल भएका कारण पैदलयात्री देखि सवारी आवागमनमा समस्या भएको छ ।
कान्छिवजारका एक स्थानीयले नाम नखुलाउने सर्तमा भने, यस विषयमा मैले धेरै पटक आवाज उठाए, कति पटक सामाजिक सञ्जालमा समेत राखेर जानकारी गराएको भएपनि तर नगरपालिकाका एक जिम्मेवार कर्मचारीले जानकारी गराउनु राम्रो हो, यस्तै कुरा जोख्दै जानु राम्रो भनी प्रतिक्रिया दिईएको वताए ।
उनले भने, सडकको अवस्थाले दुर्घटनाको उच्च जोखिम रहेको र लकडाउनले गर्दा पहिलेको जस्ता सवारी आवागमन नगर्दा यो हालत छ, सवारी आवागमन गरे के होला ? उनेले प्रश्न गरे । यस्तै अर्का एक स्थानीयले भने, सो सडकको स्तरोन्नती गर्ने र कालोपत्रे गर्ने भनिए पनि नगरपालिकाका प्रमुख र एक व्यक्तिको टकरावका कारण उक्त सडकको निर्माण कार्य हुन नसकेको जनाए । रुपन्देही नेकपाका महासचिव विष्णु पौडेलको चुनावी पकेट क्षेत्र मानिन्छ, तिलोत्तमा नगरपालिका भने नेपाली काँग्रेसका नेता वालकृष्ण खाँणको गृह नगर हो ।