नवलपुर। एक जना पत्रकार र एक जना बैङ्क कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि पुर्वी नवलपरासीको कावासोती नगरपालिका क्षेत्र भित्र भाद्र ६ गते सम्म लकडाउन गर्ने निर्णय गरिएको छ ।
बुधबार जिल्लाका एक जना सन्चारकर्मी र एउटा निजि क्षेत्रको बैङकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि बिहीवार बसेको नगरकार्यपालिकाको बैठकले नगरक्षेत्र भित्रका अत्यावश्यक सेवा दिने बाहेकका सम्पुर्ण सरकारी तथा गैह्र्सरकारी कार्यालय, बैङ तथा वितिय संस्थाहरु, होटेल रेष्टुरेन्ट तथा पर्यटन व्यवसायहरु बन्द रहने गरि निर्णय भएको नगरपालिकाका प्रवक्ता खेम प्रसाद काफ्लेले बताए ।
बुधबार एक जना पत्रकार र एक जना बैङक कर्मचारीमा संक्रमण पुष्टि भए लगतै कन्ट्र्याक ट्रेसिङको काम अघि बढाईएको र संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान गरि परिक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।