arrow

वाग्मतीमा ४३ कोरोना संक्रमित थपिए

logo
प्रकाशित २०७७ साउन २९ बिहिबार
covid-test-positive-corona.jpg

मकवानपुर । वाग्मती प्रदेशमा बिहिबार अपराह्न २ बजेसम्म ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा  पुरुषोत्तमराज सेढाईँका अनुसार प्रदेशका मकवानपुर, काठमाडौं, रामेछापलगायत जिल्लामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा हालसम्म कोरोना सङ्कमित दुई हजार नाघेका छन् । तीमध्ये १७ जनाको मृत्यु भइसकेको डा सेढाईले जानकारी दिए ।
 
गौरीटारमा आइसोलेशन कक्ष स्थापना
 जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको बिहिबार अपराह्न बसेको बैठकले जिल्लामा कोरोना रोगको प्रकोप बढ्दै गएकाले हेटौँडा उपमहानगरपालिका – ६ गौरीटारस्थित रङ्गशालाको प्रशासकीय भवनमा एक सय शय्याको आइसोलेशन वार्ड  बिहिबार स्थापना गरिएको छ । 

सो आइसोलेसन कक्ष शुक्रबार बिहानदेखि पूर्ण सञ्चालनमा ल्याइने र त्यसको सुरक्षाका लागि नेपाली सेनाको एक टोलीलाई जिम्मा दिइने केन्द्रका अध्यक्ष तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । 



लोकप्रिय समाचार
नयाँ