arrow

बिच्किएका केपी ओली बैठक बोलाउन कसरी भए सहमत ? 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २९ बिहिबार
kp-prachanda-mask.gif

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवादमा स्थायी कमिटी बैठक सूचारु गर्न ओली सहमत भएका छन् । कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहले निरन्तर आफूपक्षका नेताहरुसँग छलफल थालेपछि ओली पक्षले लचकता अपनाउदै स्थायी कमिटी बैठक सूचारु गर्न सहमति जनाएको हो । 

दाहाल नेपाल समूहले बुधबार र विहिबार लगातार आफू पक्षका केन्द्रीय सदस्यहरुलाई बोलाएर छलफल थालेको खबर बालुवाटारमा पुगेपछि ओलीले विहिबारको संवादमा स्थायी कमिटी बैठक सुचारु गर्न सहमत भएको स्रोतको दावी छ । 

नौ दिनपछि उनीहरुबीच भएको संवादमा ओलीले केही लचकता अपनाएपछि संवाद सकारात्मक चरणमा प्रवेश गरेको छ । उनीहरुबीच  महाधिवेशन चाडो गर्ने र त्यसका लागि सबै तहमा एक चरण छलफल अघि बढाउने सहमति समेत बनेको थियो । अध्यक्ष दाहालले स्थगित स्थायी कमिटी बैठक बोलाउनु पर्ने र केन्द्रीय कमिटी सदस्यहरुले केन्द्रीय कमिटीको बैठक बोलाउन भन्दै आफ्नो अडानमा रहेपछि ओलीले संवाद रोकेका थिए । ओलीले दुवै पद नछाड्ने अडान राखेपछि दाहाल समूहले एक पद भएपनि छाड्न दबाब दिइरहेका थिए । अहिलेसम्म एक पद छाडेमा कुरा मिल्छ भन्ने अडानबाट दाहाल पछि हटेका हुन कि भन्ने आशंका पनि बढेको छ । 

ओली समूहले मदन भण्डारी फाउण्डेशनको नाममा भेला गर्न थालेसँगै दाहाल नेपाल समूहले पनि प्रदेशस्तरीय भेला गर्न थालेपछि ओलीले दाहाललाई बिहिवार बोलाएर संवाद शुरु गरेका थिए । ओली दाहालको संवाद सकिएपछि विहिबार नै अध्यक्ष दाहाल वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसहितको छुट्टै बैठक भएको थियो । बैठकमा ओलीले राखेको प्रस्तावबारे छलफल भएको स्रोतले जानकारी दियो । सो बैठकमा वालुवाटारले राखेको प्रस्ताव र अन्य विषयहरुबारे छलफल भएको स्रोतले जनाएको छ । विहिबार राती अबेरसम्म भएको छलफलमा शुक्रबार दुई अध्यक्षबीच हुने संवादमा राख्ने प्रस्तावबारे पनि छलफल भएको स्रोतको दावी छ ।

त्यसअघि  काठमाडौंको थापागाउँमा ५ नं प्रदेशस्तरीय केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए । चार नेताहरुले पार्टी भित्र उठेको सवाल र अब हुने अवस्थाको बारेमा केन्द्रीय सदस्यहरुलाई बताएका थिए । यसअघि उनीहरुले गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । गण्डकी प्रदेशको भेलामा स्थायी कमिटी सदस्य देव गुरुङले पार्टीमा वैचारिक बहसको आवश्यकता रहेको भन्दै १० बुँदे प्रस्ताव राखेका थिए । सो भेलामा ओलीकै कारण विवाद उत्पन्न भएको र आफूहरु विवाद निरुपण गर्न लागिपरेको बताएका थिए ।



लोकप्रिय समाचार
नयाँ