भक्तपुर। भक्तपुरमा क्रियाशील रहेका नेपाल प्रेस युनियनका पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।
नेपाल बिद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिनाको सहयोगमा पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्री स्यानिटाइजर, सर्जिकल मास्क र पञ्जा बितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै महामन्त्री तिमिल्सिनाले देशभरका पत्रकारहरु, नेपाल प्रहरी लगायत अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई नेविसंघले बिभिन्न स्वास्थ्य सामाग्रीहरु बितरण गर्दै आएको बताउँदै विश्वव्यापी कोरोना संकटमा पनि सरकार संबेदनशिल हुन नसकेको बताए ।
युनियनका केन्द्रीय सल्लाहकार एवं वरिष्ठ पत्रकार कविर राणाले कोरोना भाइरस संक्रमण जोखिमको बेला पनि अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने पत्रकारहरुलाई राज्यले उपेक्षा गरेको बताए ।
प्रेस युनियन भक्तपुरका सभापति रोशन शिल्पकारको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम सचिव सुन्दर सिल्पकारले सञ्चालन गरेका थिए ।