एसपी पन्तलाई जस जाने अन्सारीको पक्राउ, यादवको सूचना नेटवर्कले सम्भव भएको पक्राउ
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ साउन ३० शुक्रबार
101
Shares
पर्सा। नेपाल प्रहरीकाे सर्वाधिक खोजी सुचिमा रहेका काठमाडौँको कमलादीमा १४ किलो नक्कली सुन प्रकरणमा फरार रहेका बाराका इल्ताफ हुसेन अन्सारी बिहीबार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गंगा पन्त र क्राइम ब्रान्चका इन्स्पेक्टर रवि भूषण यादवले बिगत १५ दिनदेखि सुराकी खटाएर इल्ताफकाे गतिविधिलाई शुक्ष्म ढंगले नियालीरहेकाे अवस्थामा पथलैयाबाट पुर्वतर्फ जाने क्रममा बिहीबार निजगढबाट अन्सारीलाई गिरफ्तार गर्न सफल भएकाे थियोे ।
इल्ताफकाे गिरफ्तारीकाे बारेमा नेपाल प्रहरीकाे मुख्यालयमा जानकारी भएपछि त्यहाँबाट खटि आएकाे टाेलीले इल्ताफलाई लिएर काठमाडौँ गएको छ ।
कुनै बेला नेपाल प्रहरीका उच्च पदस्थ अधिकारी, भारतीय दूतावासहुँदै पाकिस्तानी गुप्तचर संस्था आईएसआईका अधिकारीहरुसँग सम्बन्ध बनाई आफ्नो ब्यक्तिगत दुनो सोझ्याउन सफल भई छोटो अवधिमा करोडौ कमाउन सफल भएका इल्ताफ हुसैन नक्कली भारतीय नोटको कारोवारदेखि सुनको अवैध ओसारपसार गराउनमासमेत सक्रिय रहेको प्रहरीको दावी छ । अंसारी नेपाल प्रहरीको फन्दामा पुनः परेसँगै यसलाई प्रहरीले ठूलो सफलता मानेको छ ।