नेपालगन्ज । बाँकेमा २२ जना नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको पीसीआर परिक्षणमा बर्दियाका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
बाँकेमा अब कोरोना संक्रमितको संख्या ६ सय ८५ पुगेको छ । ४ सय ३५ जना निको हुँदा ३ जनाको भने मृत्यु भएको छ ।