सर्लाही । सर्लाही क्षेत्र नम्वर ४ नेपाली कांग्रेसका लागि उर्भर भूमिको रुपमा रहिआएको छ । २०७४ को निर्वाचनमा देशभर खराव नतिजा भोगेको कांग्रेसले सर्लाही ४ मा दुवै प्रदेश र संघीयमा विजय हासिल गरेको थियो ।
सर्लाही क्षेत्र नं ४ स्थित रामनगर गाउँपालिकामा नेपाल कम्युनिष्ट (नेकपा) पार्टी परित्याग गरी नेकपाका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बिहीबार एक कार्यक्रमकाबीच रामनगर गाउँपालिकास्थित सिसौटमा नेकपाका कार्यकर्ताहरु नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस जिल्ला कार्य समिति सर्लाहीले जनाएको छ ।
क्षेत्र नं ४ बाट निर्वाचित प्रदेश नं २ का प्रदेश सभा सदस्य बिरेन्द्र सिंहको पहलमा सिसौट निवासी चुल्हाई साह, महङ्ग दास, राजेश दास र समी अख्तरको नेतृत्वमा २ सय ५० जना नेकपाका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस क्षेत्र नं ४ ले जनाएको छ ।