काठमाडौं । एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेर निरन्तर ओरालो लागेको सुनको मूल्य फेरि बढ्न थालेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९५ हजार ४ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य शुक्रबार ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ रहेको थियो । त्यसपछि ३ दिन लागातार घटेर बुधबार ९५ हजार ४ सय रुपैयाँसम्ममा झरेको थियो । उक्त मूल्यबाट वृद्धि हुँदै बिहीबार ९७ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा उतारचढाव भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।