काठमाडौं । एक व्यापारीमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको न्युरोडमा रहेको विशाल बजार एक हप्ताका लागि बन्द गरिएको छ । एक व्यापारीमा कोरोना देखिएपछि स्थानीय सरकारले आगामी भदौ ७ गतेसम्मका लागि विशाल बजार सिल गरेको हो ।
काठमाडौं महानगरको वडा नम्बर २४ भित्र पर्ने विशाल बजारका व्यापारीमा कोरोना संक्रमण पुष्टि भएपछि विशाल बजारदेखि इन्द्रचोकसम्मका पसलहरु आगामी ७ भदौसम्मका लागि बन्द गरिएका वडा नम्बर २४ कार्यालयले सूचनामार्फत जानकारी गराएको छ ।
सूचनामा कोरोनाको थप फैलिन नदिन विशालबजार नजिकै रहेको जुद्ध सालिकदेखि इन्द्रचोकसम्मका पसल व्यवसाय बन्द गरेर सहयोग गरिदिन अनुरोध समेत गरिएको छ ।