कपिलवस्तु । कपिलवस्तुका थप २८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । शुक्रबार दिउँसो २:३० बजेसम्ममा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ कार्यलय कपिलवस्तुले जानएको छ ।
यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ९३५ पुगेको छ । साउन २५ गते बुद्धपदम मा.वि देखि संकलन गरिएको २२६ नमुना मध्ये २६ पोजेटिभ देखिएको हो । साथै १५१ जनाको रिपोर्ट नेगेटिभ र ५० जनाको रिपोर्ट आउन बाकी छ ।
संक्रमित २८ जनामा कपिलवस्तु अस्पतालका थप एक र शुधोधन गाउपालिकाको एक छन् ।