arrow

एक करोडबढीको हिनामिनामा असई समातिए

logo
प्रकाशित २०७७ साउन ३१ शनिबार
nepal-police.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक (असई) निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ । 

कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष ०७४-७५ र आव ०७५-७६ मा रु एक करोड आठ लाख ९९ हजार १८४ रकम हिनामिना गरेको अभियोग लागेको छ । 

प्रहरी प्रधान कार्यालय नक्सालको पत्रसहित बिहीबार आयोगमा जानकारी आएकाले कार्कीलाई पक्राउ गरिएको हो । 

आयोगका प्रवक्ता तारानाथ अधिकारीले आरोपी कार्कीको अनुसन्धान भइरहेको छ । 



लोकप्रिय समाचार
नयाँ