प्रधानमन्त्री ओलीद्वारा भारतीय समकक्षी मोदीलाई बधाई तथा शुभकामना
रासस,
प्रकाशित २०७७ साउन ३१ शनिबार
25
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आज बिहान ट्विट गर्दै भारतका जनताको थप प्रगति र समृद्धिको पनि कामना गरेका छन्।
Congratulations and greetings to Prime Minister Shri @narendramodi ji, the Government and people of India on the happy occasion of the 74th Independence Day. Best wishes for more progress and prosperity of the people of India.