कांग्रेस नेता अजय चौरसिया सहित २४ घण्टामा ६४ जना कोरोना संक्रमित डिस्चार्ज
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ साउन ३१ शनिबार
131
Shares
बिरगंज। पर्सा बिरगंजमा कोरोना संक्रमित भएर उपचार गराइरहेका ३६ जना डिस्चार्ज भएका छन्। केहि दिन अघी संक्रमित भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, पर्सा कारागारका जेलर श्रवण पोखरेल, बिरगंज महानगरपालिका वडा नम्वर ४का वडाध्यक्ष जगत साह कानु सहित ३६ जना डिस्चार्ज भएका हुन्।
विरगंज हेल्थ केयर अस्पतालमा उपचार गराइरहेका उनीहरुको कोरोना रिपोर्ट नेगेटीभ आएपछि शनिवार डिस्चार्ज गरिएको अस्पतालका संचालक डा अबुल ह्यस अन्सारीले जानकारी दिए।
शुक्रवार पत्रकार क्रान्ति साह सहित २८ जना डिस्चार्ज भएका थिए। शुक्रवार र शनिवार गरि २४ घण्टामा ६४ जना डिस्चार्ज भएका हुन्।