arrow

अवैध रुपमा भारत पठाएर असुल्ने खत्री मुख्यमन्त्री भट्टको संरक्षण पाएपछि छुटे

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ३१ शनिबार
trilochan-michael.jpg

बझाङ। नेपालबाट भारत जाने नेपालीलाई ठगेको आरोपमा प्रहरीले गिरफ्तार गरेका बझाङका एक जना युवालाई प्रहरीले छोडेको छ । कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट भारत पठाई दिन्छु भन्दै रकम असुलेर अबैधरुपमा भारत पठाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका बझाङको खप्तड छान्ना गाउँपालिका ४ घर भई धनगढी बस्दै आएका माइकल भनिने मेखेन्द्र खत्रीलाई प्रहरीले राजनीतिक प्रभावमा छोडेको हो । 

ठगिकार्यमा संलग्न रहेका खत्री नेपाल कम्युनिष्ट पार्टी नेकपाको सक्रिय कार्यकर्ता हुन्। मुख्यमन्त्री त्रिलोचन भट्टसँग सेल्फी खिच्ने हैसियतका खत्रीलाई स्थानिय नेकपाकै कार्यकर्ताहरुको दवाव पछि छोडिएको हो।सरकारले अन्तराष्ट्रिय सीमा नाका बन्द रहेको बताइरहेकै बेलामा नेकपाका कार्यकर्ताहरुले यसरी अवैध रुपमा सीमा कटाउन थालेको भन्दै स्थानियहरु आक्रोशित भएका छन्। अवैध कार्यमा संलग्न नेकपाका कार्यकर्ताहरुलाई नेताहरुले संरक्षण गरेपछि उनीहरुको मनोबल थप बलियो हुने भन्दै स्थानिय सामाजिक कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेका छन्।  

नेपालबाट गएका ९ जनाबाट भाडा दरभन्दा प्रतिब्यक्ति बढी रकम लिएको र नाकाबाट अबैधरुपमा पठाएको आरोपमा प्रहरीले खत्रीलाई शुक्रबार पक्राउ गरेको थियो । सुदूपश्चिम टुर टार्भल्समा लामो समयदेखि यात्रु ओसारपसार कार्यमा संलग्न रहेका खत्रीले ९ जना ब्यक्तिहरुलाई अबैधरुपमा भारत पठाएको प्रहरीले भेटेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले धनगढीबाट भारत जाने यात्रुहरुलाई अबैधरुपमा पठाएको पाइएपछि नियन्त्रणमा लिइएका खत्रीलाई आफन्तको जिम्मा लगाएर छोडिएको बताए । कोरोना भाईरसको संक्रमण बढेसंगै सरकारले भारत आवतजावत गर्न प्रतिबन्ध समेत लगाएको छ । भारतको रासन कार्ड भएको ब्यक्ति र दुताबासको सिफारिस भए मात्र जान मिल्ने सरकारी ब्यवस्था छ ।

लकडाउनको समयमा भारतबाट आउने नेपालीहरुलाई यातायत ब्यवसायीले ठगेको ब्यापक गुनासो समेत आएको थियो । अहिले नेपालबाट बसमा नेपाली १५ सय रुपयाँ भाडा दर भएपनि प्रति व्यक्ति दुई हजार पैसा असुलेको स्रोतले बताएको छ । खत्री संलग्न रहेको समुहले भारतबाट बैशाख नेपाल आएका अधिकांश ब्यक्तिहरुबाट प्रति व्यक्ति दुई हजारदेखि तीन हजार पाँच सयसम्म लिने गरेको जनगुनासो समेत आएको थियो ।

यता खत्रीले आफुले मान्छेहरुलाई पठाएको स्वीकार गरेका छन् । उनले बोर्डरमा प्रति व्यक्ती पाँच सय थप रकम असुल यात्रुहरुलाई पठाएपनि भारतिय प्रहरीले फिर्ता पठाए पछि उनीहरुलाई नेपाली प्रहरीले समतेको बताए ।



लोकप्रिय समाचार
नयाँ