काठमाडौं । युरोपेली क्लब फुटबलको ठूलो प्रतियोगिता च्याम्पियन्स लिगबाट म्यान्चेष्टर सिटी बाहिरिएको छ ।
शनिबार राति क्वार्टरफाईनलको खेलमा फ्रेन्च क्लब लियोनसंग ३–१ ले गोल अन्तरले पराजित हुँदै सिटी प्रतियोगिताबाट बाहिरिएको हो ।
खेलको २४ औं मिनेटमा म्यासवेल कोर्नेटको गोलमा लियोनले सुरुवाती अग्रता बनाएको थियो । केभिन डी ब्रुईनीले ६९ औ मिनेटमा सिटीका लागि बराबरी गोल फर्काए ।
खेलको अन्तिम समयतिर मौसा डेम्बेलेले लगातार दुई गोल गर्दै लियोनलाई अप्रत्यासित जित दिलाए ।
यो खेलपछि सेमिफाइनल समीकरण पनि पूरा भएको छ । लियोनले अब सेमिफाईनलमा जमर्न क्लब बायर्न म्युनिखसंग प्रतिस्पर्धा गर्नेछ । यो खेल अगष्ट १९ को राति १ः१५ बजे हुनेछ ।
त्यसअघि अगष्ट १८ को राति १ः१५ बजे आरबी लेप्जिगले पेरिस सेन्ट जर्मेन (पीएसजी) संग खेल्नेछ ।