arrow

धनीरामले पुलबाट हाम फाले

logo
प्रकाशित २०७७ साउन ३२ आइतबार
Bridge_eastwest_highway.jpg

स्वर्गद्वारी । प्युठानको प्युठान नगरपालिका–८ बाग्दुलाको पुलबाट हामफाल्दा शनिबार एक जनाको मृत्यु भएको छ । 

प्युठान–१० का ५० वर्षीय धनीराम कुमालको पुलबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय प्युठानले जनाएको छ । 

मानसिक अवस्था ठिक नभएका कुमालले मानसिक रोगको औषधि सेवन गर्दै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

उनको शव प्युठान  नगरपालिका–४ रानीबगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिए । 

उनको शव परीक्षणका लागि जिल्ला अस्पताल प्युठानमा राखिएको छ ।



लोकप्रिय समाचार
नयाँ