नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जिल्लाको विभिन्न स्थानबाट अन्दाजी १२ लाख ५६ हजार ४ सय २० रुपैया मुल्य बराबरको अबैध मालसामान बरामद गरेको छ ।
नेपालबाट अबैध रूपमा भारततर्फ लैजाँदै गरेको उक्त मुल्य बराबरको मालसामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक राजुले जानकारी दिए ।
प्रहरी चौकी बासाबाट खटिएको प्रहरी टोलिले सरावल गाउपालिका वडा नम्बर १ सरावल चोकबाट भारत तर्फ अबैध रुपमा लैजाँदै गरेको अन्दाजी १८ हजार ९ सय मुल्य बराबरको २७ बोरामा अबैध युरिया मल बोकेको ग २ च ५००९ नम्बरको बोलेरो जिप अन्दाजी १० लाख मुल्य बराबर रहेको प्रहरीले जनाएको छ ।
त्यस्तैगरी शनिबार नै नेपालबाट भारततर्फ अबैध रूपमा भन्सार छ्ली लैजाँदै गरेको प्रतापपुर गाउँपालिका वडा नम्बर ५ भैरवपुरबाट अन्दाजी २५ हजार ६ सय मूल्य बराबरको १६ बोरामा ४ सय किलो हरियो केराउ साथै सरावल गाउँपालिका ७ बुलन्दपुरबाट अन्दाजी २ लाख १० हजार मुल्य बराबरको ६० बोरामा ३ हजार किलो हरियो केराउ र भारतबाट नेपाल तर्फ अबैध रूपमा ल्याउदै गरेको अन्दाजी १ हजार ९ सय २० मुल्य बराबरको ४० किलो चिनी बर्दघाट नगरपालिका ९ भुताहास्थित उक्त मालसमान साइकलमा राखी लैजाँदै र ल्याउँदै गर्दा प्रहरी टोलिलाई देखि सामान फालि मानिस साइकल सहित भागेका थिए ।
बरामद भएका सबै सामान र बोलेरो जिपलाई आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।