सर्लाही । बरहथवा नगरपालिकामा थप ३५ जना कोरोना संक्रमित फेला परेका छन् । शनिबार राति आएको जानकारी अनुसार ९० जनाको परीक्षण सकिँदा ३५ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाका जनस्वास्थ्य अधिकृत सत्यनारायण रायले जानकारी दिए ।
बरहथवाबाट गत शनिबार ३०८ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि वीरगंज पठाईएको थियो । स्रोतका अनुसार त्यहाँ परीक्षण गर्दा निकै धेरैजनाको पोजेटिभ रिपोर्ट आएपछि सबै स्वाब पुनः परीक्षणका लागि काठमाडौंको टेकु पठाईएको थियो ।
शनिबारबाट धमाधम परीक्षण रिपोर्ट आउन थालेको जनस्वास्थ्य अधिकृत रायले जानकारी दिए ।
‘अहिलेसम्मको हिसाब गर्ने हो भने पनि बरहथवा नगरपालिका भित्रमात्रै पटक–पटक गरेर १०० जनाभन्दा बढीलाई कोरोना भाईरस संक्रमण देखिईसकिएको छ, अब यो ३०८ जनाको सबै स्वाब परीक्षण सकिँदा अझै कति बढ्ने हो टुंगो छैन’, जनस्वास्थ्य अधिकृत रायले भने, ‘औषधी पसले, किराना पसले सहित गाउँ गाउँमा समेत कोरोना भाईरस छिरिसकेको छ, अब बरहथवा नगरपालिका क्षेत्रलाई पूर्ण रुपले सिल नगरे स्थिती भयावह हुने अवस्था छ ।
रायका अनुसार शनिबार राती थपिएका संक्रमितहरु हिरापुर, श्रीपुर लगायत गाउँका समेत रहेका छन् । त्यस्तै औषधी पसले, किराना पसले सहित बरहथवा बजार क्षेत्रका बासिन्दामा बढी कोरोना संक्रमण देखिएको छ । ५ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाका जनस्वास्थ्य अधिकृत सत्यनारायण रायले जानकारी दिए ।
बरहथवाबाट गत शनिबार ३०८ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि वीरगंज पठाईएको थियो । स्रोतका अनुसार त्यहाँ परीक्षण गर्दा निकै धेरैजनाको पोजेटिभ रिपोर्ट आएपछि सबै स्वाब पुनः परीक्षणका लागि काठमाडौंको टेकु पठाईएको थियो ।
शनिबारबाट धमाधम परीक्षण रिपोर्ट आउन थालेको जनस्वास्थ्य अधिकृत रायले जानकारी दिए । ‘अहिलेसम्मको हिसाब गर्ने हो भने पनि बरहथवा नगरपालिका भित्रमात्रै पटक–पटक गरेर १०० जनाभन्दा बढीलाई कोरोना भाईरस संक्रमण देखिईसकिएको छ । अब यो ३०८ जनाको सबै स्वाब परीक्षण सकिँदा अझै कति बढ्ने हो टुंगो छैन’, जनस्वास्थ्य अधिकृत रायले भने, ‘औषधी पसले, किराना पसले सहित गाउँ गाउँमा समेत कोरोना भाईरस छिरिसकेको छ, अब बरहथवा नगरपालिका क्षेत्रलाई पूर्ण रुपले सिल नगरे स्थिती भयावह हुने अवस्था छ ।
रायका अनुसार शनिबार राती थपिएका संक्रमितहरु हिरापुर, श्रीपुर लगायत गाउँका समेत रहेका छन् । त्यस्तै औषधी पसले, किराना पसले सहित बरहथवा बजार क्षेत्रका बासिन्दामा बढी कोरोना संक्रमण देखिएको छ ।