arrow

मंगलबारेका प्रहरीमा कोरोना संक्रमण, बजार क्षेत्र बन्द

logo
प्रकाशित २०७७ साउन ३२ आइतबार
deumai3.jpg

मंगलबारे । इलामको देउमाई नगरपालिका मंगलबारेमा कार्यरत एक प्रहरीमा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय मंगलबारेका एक प्रहरीमा कोरोना  संक्रमण पुष्टि भएको हो ।

संक्रमित प्रहरी २० गते विरगन्ज घरबाट मंगलबारे आएका थिए । 'संक्रमण पुष्टि भएका प्रहरी ज्वरो आएर ७ दिनदेखि इलाका प्रहरी कार्यालयमा बसिरहेका थिए । कोरोनाको शंका लागेर परिक्षण गर्दा कोरना पुष्टि भएको छ, 'देउमाई नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष राजेन्द्र बास्तोलाले भने । 

प्रहरीमै कोरोना संक्रमण देखिएपछि इलाका प्रहरी कार्यालय मंगलबारे सिल गरिएको छ । आइतबार राती १२ बजेबाट लागुहुने गरि कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाप परीक्षण गरि रिपोर्ट नआउजेल सम्मका लागि सम्भावित संक्रमण फैलनसक्ने देउमाई नगरपालिकाको वडा नम्बर ३,४,५,८र ९ का क्षेत्रमा सिल निर्णय गरिएको नगरपालिकाका नगर प्रमुख सूर्य पोखरेलले बताए ।

संक्रमित प्रहरीलाई कोशी अस्पताल बिराटनगर लगिएको छ । नगरपालिकाले नगरबासीलाई अत्यावश्यक काम देखिबाहेक घरबाहिर ननिस्कन तथा निस्कनुपरे सुरक्षाको मापदण्ड पालना गर्न समेत अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
नयाँ