सर्लाही । सर्लाहीमा स्थानीय प्रशासनले भोली सोमबारदेखि सात दिन अर्थात भदौ ७ गते राती १२ बजेसम्मका लागि फेरी निषेधाज्ञा आदेश जारी गरेको छ ।
स्थानीय प्रशासनले यसअघि साउन २६ गतेबाट सात दिनका लागि पहिलोपटक जारी गरेको निषेधाज्ञा आदेशलाई केही कडाई सहित पुनः सात दिनका लागि थपेको छ । औषधी पसल लगायत अत्यावश्यक बाहेक सम्पूर्ण पसलहरु समेत बन्द गर्ने र अत्यावश्यक काम बाहेक सर्बसाधारणलाई घर बाहिरै निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको हो ।
कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर ९डीसीसीएमसी० को आइतवार दिउँसो सदरमुकाम मलंगवामा बसेको बैठकले सिफारिस गरेपछि दोस्रो पटक निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० तथा संक्रामक रोग ऐन, २०२० बमोजिम भदौ एक गते सोमबार बिहान ६ बजेदेखि भदौ सात गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।
परीक्षणको दायरा बढाइएसँगै मलंगवा, बरहथवा, ईश्वरपुर, हरिवन, लालबन्दी लगायतका स्थानमा जनप्रतिनिधि, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी र वित्तीय संस्थामा कार्यरत कर्मचारीमा संक्रमण पाइएकाले समुदाय स्तरमै संक्रमण फैलिसकेको डीसीसीएमसी को बैठकले ठहर गरेको छ । यसै सन्दर्भलाई दृष्टिगट गर्दै कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा थप हुन नदिन निषेधाज्ञा नै जारी गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ ।
प्रजिअ पौडेलका अनुसार भोली सोमबारबाट अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको छ । यसअघिको निषेधाज्ञा आदेशमा खाद्यान्न र फलफुल एवं तरकारी पसललाई दैनिक दिउँसो २ देखि साँझ ७ बजेसम्म खोल्न दिने भनिएपनि भोलीबाट भने थप कडाई गरिएको छ ।
सोमबारबाट भने सोमबार, बुधबार र शुक्रबार मात्र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म खाद्यान्न, फलफूल एवं तरकारी पसल खुला राखी भौतिक दूरी कायम गराई खरिद बिक्री गर्ने आदेशमा भनिएको छ । स्वास्थ्य, विद्युत्, दुरसंचार, खानेपानी, दुध, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी, पशुपंक्षीको दाना र कृषि कार्य बाहेकका अन्य बैंक तथा वित्तीय संस्था र कार्यालयहरुबाट प्रदान गरिने सेवा पनि बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
त्यसैगरी आदेशमा छिमेकी मित्र राष्ट्रहरुबाट हुने सामग्री ढुवानी बाहेकका सबै प्रकारका आवागमन पूर्ण रुपमा विषेध गर्ने र सीमा नाका पूर्ण रुपमा सिल हुने आदेशमा भनिएको छ ।
सर्लाहीमा हालसम्म ९५९ जना कोरोना भाईरसबाट संक्रमित भईसकेका छन् भने एकजनाको मृत्यु भएको छ ।