arrow

कपिलवस्तुमा फेरी थपियो लकडाउन

logo
प्रकाशित २०७७ साउन ३२ आइतबार
kapilbastus1.JPG

कपिलवस्तु । कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि कपिलवस्तुमा फेरी एक साताका लागि लकडाउन थपिएको छ। 

जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम आइतबार राति १२ बजेसम्मका लागि लकडाउन गरिएकोमा आगामी भदौ ७ गतेसम्मका लागि लकडाउन थपिएको हो।

जिल्लामा लकडाउन जारी भएसंगै अत्यावश्कीय बस्तुहरु ढुवानी गर्ने सवारी बाहेक सबै सेवा बन्द भएका छन् । जिल्लाभित्रका सम्पूर्ण पसल पूर्ण रुपमा बन्द भएका छन् भने नीजि सवारी साधन चल्न पाउने छैनन् । यस अगाडी गत विहीबार देखि जिल्लामा नीजि सवारी साधन जोर विजोर प्रणालीबाट सञ्चालनको अनूमति थियो । त्यो अनूमति पनि खारेज भएको छ ।

यस्तै उद्योगधन्दा, कलकारखानाको हकमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको न्यूनतम स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्न पाइने प्रशासनले स्पष्ट पारेको छ । जिल्लाभित्रका सरकारी कार्यालय, गैरसकारी संघ संस्था, बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण कारोबार पनि पूर्ण रुपमा बन्द भएका छन् ।

दैनिक अत्यावश्कीय बस्तुहरु ढुवानी गर्ने खाद्यान्न, तरकारी, फलफूल, दुध पेट्रोलियम पदार्थ, ग्याँस, औषधि, पानी, पशुपंक्षी, एम्बुलेन्स, शववाहन जिल्लामा सञ्चालन हुन पाउनेछन् । 



लोकप्रिय समाचार
नयाँ