arrow

निरञ्जनको हत्या, पानीमा शव फेला

logo
प्रकाशित २०७७ साउन ३२ आइतबार
dead2.jpg

रौतहट । रौतहटमा एक दलित युवकको धारिलो हतियारले हत्या गरिएको छ । स्थानीय गरुडा नगरपालिका –८ जिंगडिया गाउँका  १७ वर्षीय  निरञ्जन राम चमारको गए राति हत्या गरिएको प्रहरीले जनाएको छ । 

आइतबार बिहान ६ बजे स्थानीयवासीले खबर गरेपछि जिंगडियाभन्दा करीब तीन सय मिटर पर वर्षाको पानीमा शव बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।  

प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले घटनास्थल प्रहरीले सुरक्षित गरेको र तालीमप्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान शुरु गरिएको  बताए । 

शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । व्यक्तिगत रीसइबीका कारण कसैले युवकको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।



लोकप्रिय समाचार
नयाँ