arrow

उपत्यकामा १७२ सहित थपिए ६४१ संक्रमित, दुईको मृत्यु

logo
प्रकाशित २०७७ साउन ३२ आइतबार
corona-nepal-ministry.JPG

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १७२ सहित थप ६४१ मा कोभिड—१९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४७ हजार जनामा गरेको पिसीआर परीक्षणबाट ६४१ नयाँ संक्रमित देखिएका हुन् । हालसम्म पाँच लाख १७ हजार ९०७ को पिसीआर परीक्षण भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो । योसँगै आइतबार देशभर सक्रिय संक्रमितको सङ्ख्या नौ हजार २२१ पुगेको छ ।    

मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार आइतबार उपत्यकामा देखिएका थप १७२ कोरोनाका संक्रमितमध्ये काठमाडौँका १२६, लतिपुरका ३८ र भक्तपुरका आठ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १३४ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या १७ हजार ३३५ पुगेको छ 

कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । पर्सामा एक पुरुष र मोरङमा एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा डा गौतमले जानकारी दिए । अहिले होम आइसोलेशनमा रहेका बिरामीको सङ्ख्या ४९७ रहेको छ । आइसोलेशनमा रहेका संक्रमितको सङ्ख्या आठ हजार ७२४ रहेको छ । वाग्मती प्रदेशका छ जना संक्रमितलाई भेण्टिलेटरमा राखिएको छ । अहिले विश्व नै कोभिड–१९ महामारीको चपेटामा परेको छ । नेपालमा पनि महामारीको नराम्ररी असर परेको छ । पछिल्लो विवरणअनुसार विश्वमा दुई करोड १६ लाख १८ हजार २८९ कोरोनाका संक्रमित देखिएका छन् ।

 कोरोनाका कारण हालसम्म सात लाख ६९ हजार नौ जनाको मृत्यु भइसकेको छ । कोरोनाको उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या एक करोड ४३ लाख ३४ हजार ३३२ रहेको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ