arrow

सहायकरथी राणासहित तीन सैनिक बर्खास्त, सेनामा भ्रष्टाचारीमाथि शून्य सहनशिलता

थापा प्रधानसेनापति भएयता भ्रष्टाचारमा संलग्नमाथि एक पछि कार्वाही

logo
प्रकाशित २०७७ साउन ३२ आइतबार
nepal-army-new.jpg.jpeg

काठमाडौँ । समरी जनरल सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूरमा एक सहायकरथीसहित तीन सैनिक अधिकारीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आइतबार बसेको उक्त अदालतले सहायकरथी प्रयोगजङ राणा, महासेनानी नवीन सिल्वाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने फैसला गरेको हो ।

पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहर्‍याउँदै अदालतले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

सहायकरथी राणाले रु एक करोड ५२ लाख २७ हजार तथा महासेनानी सिल्वालले रु १५ लाख ७९ हजार रकम हिनामिना गरेको ठहर गर्दै अदालतले बिगो बराबरको रकम निजहरुबाट असुल उपर गर्ने निर्णय गरेको छ ।

उक्त अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिने निर्णय पनि सुनाएको छ । अभियोगमा अनुसन्धानको दायरामा रहेका महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई भने अदालतले सफाइ दिने गरी फैसला गरेको छ ।

पूर्णचन्द्र थापा प्रधानसेनापति भएर आय यत्ता भ्रष्टाचारमा शून्य सहनशिलता देखाएका छन्। उनको यहि नीतिका कारण भ्रष्टाचारमा संलग्न सैनिक अधिकारीहरु एक पछि अर्को कार्वाहीमा पर्दै आएका छन्। 



लोकप्रिय समाचार
नयाँ