arrow

१२ बालबालिकासहित १९ को शव फेला

logo
प्रकाशित २०७७ साउन ३२ आइतबार
jugal-pahiro.jpg

काठमाडौँ । नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका –२ मा गत शुक्रबार गएको पहिरामा परी हराइरहेका व्यक्तिको खोजी कार्य अझै जारी रहेको जानकारी दिएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार,  गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीयको सहयोगमा हालसम्म चार महिला, तीन पुरुष, पाँच बालिका र सात बालकको शव फेला पारेको छ ।

सेनाका ४७ जनाले उक्त पहिरामा परी हराइरहेका २० व्यक्तिको खोजी कार्य अझै जारी राखेको जानकारी दिइएको छ ।  पीडित परिवारलाई तत्काल राहतका लागि सेनाले हेलिकप्टरबाट खाद्यान्न, लत्ता कपडा, पाललगायत अत्यावश्यक राहत सामग्री उक्त स्थानमा पु¥याइएको छ । 



लोकप्रिय समाचार
नयाँ