arrow

लगानी बोर्डका सिइओ भट्टलाई काम गर्न बाटो खुला

logo
रासस,
प्रकाशित २०७७ साउन ३२ आइतबार
sushil-bhatta.jpg

काठमाडौं। उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाईको काम गर्न बाटो खुला गरेको छ। न्यायाधीश ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको इजलासले भट्टलाई आज लगानी बोर्डको प्रमुख कार्यकारीको हैसियतले काम गर्न बाटो खुला गरेको हो।

आदेशमा भनिएको छ, “अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिई रहन परेन, प्रस्तुत निवेदनको प्रकृति र विषयवस्तुको गाम्भीर्यका आधारमा छिटो निरुपण हुन उपयुक्त देखिएको छ।” यसअघि पाटन अदालतमा  मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले यही साउन २७ गते भट्टलाई प्रमुख कार्यकारीको हैसियतमा काम गर्न तत्कालका लागि नदिन अल्पकालीन अन्तरिम आदेश जारी थियो।

भट्टमा सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ अनुसार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत भएर काम गर्ने योग्यता नपुगेको र स्वच्छ छविको नभएको जिकिर गर्दै अधिवक्ता जयबहादुर भुजेलले रिट निवेदन दायर गरेका थिए। आज दुवै पक्षबीचको छलफलपछि अदालतले भट्टलाई काम गर्न बाटो खुलाएको हो।



लोकप्रिय समाचार
नयाँ