arrow

बेपत्ता किशोर राजन पौडेलको खोजीको दबाब दिन आफन्त आन्दोलित

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ साउन ३२ आइतबार
protest-against-police-shya.jpg

स्याङ्जा। एक सातादेखि हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १० पाईनिअज रोड बस्ने १८ वर्षिय राजन पौडेलको खोजी गरिदिन आफन्तहरुले प्रहरीलाई दवाव दिएका छन् । बेपत्ता भनिएका पौडेलको आजसम्म पनि प्रहरीले खोजी नगरेको भन्दै उनका आफन्तहरुले स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङ घेराउ गरि दवाव दिएका हुन् ।

हराएका पौडेलको खोजि गरिदिन उनकी आमा कमला पौडेलले प्रहरीमा निबेदन दिएकी थिइन् । आफन्तहरुले खोजी गरिदिन आग्रह गरेपनि प्रहरीले चासो नदेखाएपछि दवावमुलक आन्दोलन गर्नुपरेको पौडेलका आफन्तहरुले बताएका छन् । कि सास देउ कि लास देउ, भष्ट्रचार गर्न पाईदैन, पिडितलाई न्याय देउ भन्दै पौडेलका आफन्तले प्रहरी कार्यालय बाहिर नाराबाजी गरेका थिए ।

जिल्ला प्रहरी स्याङ्जाका अनुसार साउन २६ गते स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. ४ आँधीखोलास्थित ओडारे रहमा पौडी खेल्ने क्रममा बेपत्ता भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बताईएको छ। बेपत्ता पौडेलको खोजि गर्न प्रहरीले गोताखोरको सहायता लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । गोताखोरको सहायतामा खोजी भएपनि अहिलेसम्म पौडेल फेला नपरेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । 

साउन २६ गते साथीहरुसँग पौडी खेल्न गएका पौडेललाई आँधीखोलाले बगाएको बताइएको छ । तर पौडेलका साथीहरुले ३ दिन पछि मात्रै पौडी खेल्न जादा आँधीखोलाले वगाएको बयान दिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पौडेलका साथीहरुले समयमा खबर नगरेको आरोप लगाउदै उनीहरुलाई कारवाहिको माग समेत गरेका छन् । प्रहरीले घट्नाको सत्यतथ्य बाहिर आउने विश्वास आफन्तलाई दिएको छ । 



लोकप्रिय समाचार
नयाँ