काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरु पछिल्लो समय विश्वकै सबैभन्दा बढी थपिँदै गएका छन् ।
आइतबार ५८ हजार १०८ जना संक्रमित थपिएका छन् । अहिलेसम्म संक्रमित हुनेहरु २६ लाख ४७ हजार ३१६ पुगेका छन् ।
निको हुनेको संख्या आइतबार बराबर जस्तै भएको छ । ५७ हजार ४०४ जनालाई निको भएको छ । अहिलेसम्म १९ लाख १८ हजार ७६ जनालाई निको भएको छ ।
आइतबार ९६० जनाको ज्यान गएको छ । अहिलेसम्म ५१ हजार ४५ जनाको ज्यान गइसकेको छ ।