काठमाडौं । युरोपा लिग फुटबलबाट इंगलिश क्लब म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । युनाइटेड स्पेनिश क्लब सेभियासंग बाहिरिएको हो ।
खेलमा सेभिया २–१ गोल अन्तरले विजयी भयो । खेलमा युनाइटेडले ब्रनो फर्नान्डेजको गोलबाट अग्रता लिएको थियो ।
तर सुसो र ल्यूक डे जोङको गोलबाट सेभिया जित हासिल गर्न सफल भयो ।
युनाइटेड प्रिमियर लिगमा तेस्रो भएको थियो ।
फाइनलमा अब सेभियाको भिडन्त इन्टर मिलान र शक्तर दोनेष्क बीचको विजेतासंग २१ अगष्ट राति १ः१५ बजे खेल्नेछ ।
दोस्रो सेमिफाइनल खेल सोमबार राति १ः१५ बजे हुँदैछ ।