arrow

गोमन सर्पको टोकाईबाट सुशिलाको मृत्यु

logo
प्रकाशित २०७७ भदौ १ सोमबार
snake-bite.jpg

सलाही । सर्पको टोकाईबाट सर्लाहीको हरिवन नगरपालिका–८ निवासी सुशिला सुवेदी प्याकुरेलको मृत्यु भएको छ ।

आईतबार साँझ हरिवन–८ बेताली स्थित आफ्नै घरको भान्सा कोठामा सुशिलालाई गोमन सर्पले टोकेको स्थानीय बासिन्दाले बताएका छन् । 

घरमा एक्लै बस्ने गरेकी उनले आफूलाई सर्पले टोकेको भन्दै चिच्याएपछि स्थानीयले उद्धार गरेर नवलपुर स्थित सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए । 

ब्रेन ट्यूमरकी बिरामी समेत रहेकी सुशिलाको एउटै खुट्टामा तीन ठाउँमा टोकेका कारण सर्पदंश उपचार केन्द्र पुर्याएर उपचार सुरु गर्ने बित्तिकै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ