काठमाडौं । एल.जी. एआई डीडी टीएम मोटर भएको भिभाचे सिरिजको वासिङ मेसिन नेपाली बजारमा आएको छ । यस वासिङ मेसिनमा एआई डीडी टीएम जस्ता लेटेस्ट प्रविधि रहेको दावी गरिएको छ ।
यसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउँछ, र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउँछ ।
एआई डीडी टीएम वासिङ मेसिनले बिग डाटा विथ डिप लर्निङ्ग उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले धुने एलजीले जनाएको छ ।
यस वासिङ मेसिनमा स्टिम प्लस टीएम प्रविधि रहेको छ जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९ प्रतिशत किटाणु नष्ट गर्ने र हाइजेनिक वास दिनुका साथै ३० प्रतिशत कपडाहरुलाई खुम्चिनबाट बचाउने कम्पनीको दावी छ ।
टर्बो वास टिएम ३६० डिग्री र फोर हाइ स्पिड स्प्रे नोजल विथ इन्भर्टर पम्प टेक्नोलोजी रहेको यस मेसिनले उच्च र कम गति आवश्यकता अनुसार पानीका फोहोरा फाल्ने र ३९ मिनेटमा वास साइकल पूरा गर्ने भएकाले बिजुली र समयको बचत गर्ने कम्पनीले जनाएको छ ।
यसमा मिसएलान्ड १०० प्रतिशत स्टेनलेस स्टिल लिफ्टर छ जसले गर्दा कपडाहरुमा रहेको किटाणु नष्ट गरि हाईजेनिक र कपडा गनाउन दिँदैन । यसमा टेम्पर ग्लास डोर छ जसमा स्क्राच नलाग्ने स्थायित्व प्रतिरोधि हुनुका साथ साथै एलिजेन्ट डिजाइन, वास साइकल छनोट गर्ने आकर्षक मेटालिक नब र बिग एलइडी डिस्प्ले रहेको छ ।
कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सरको मद्धतले रिन्ज र स्पिन को बेलामा मेसिनलाई स्थिर, लो–नोइज र कम्पन मुक्त गर्दछ ।
नेपालमा एल.जी. ब्राण्डका आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जि. इम्पेक्स प्रा.ली. रहेको छ ।