वीरगञ्ज । पर्सामा गत २४ घण्टामा एक सय तीन जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । संक्रमित हुनेमा पोखरीया नगरपालिकामा मेयर दिपनारायण रौनियार, पोखरिया अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा अनिल यादव सहित एक सय तीन जना छन् ।
कोरोना प्रभाव बढ्दै जाँदा पोखरीयामा प्रदेश सरकारले आइसोलेसन वार्ड बनाउन ३३ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर राजनीतिक विवाद निकालेर बनाइएन भने स्वास्थ्यकर्मीले पनि भत्तामा विवाद निकालेका थिए । यतिखेर सोहि नगरका मेयरदेखि स्वास्थ्यकर्मी संक्रमित भएका हुन् ।
सशस्त्र प्रहरी बीरगंज भन्सार राजस्व गस्तीका डीएसपी राजस्व गस्तीका अमर खत्री पनि संक्रमित भएका छन् ।
वीरगंज महानगरपालिकामा ३८ जना संक्रमित पाइएका छन् ।
जगरनाथपुर गाउँपालिकामा अध्यक्ष जालिम मियाको परिवारमा ५ जना, स्वास्थ्यकर्मी ४ सहित १५ जना कोरोना संक्रमण पाइएको छ ।
सखुवा पर्सौनीमा पनि ६ जना संक्रमित पाइएका हुन्।
अन्य विभिन्न ठाउँका गरि २४ घण्टामा १०३ जना संक्रमित पाइएका छन् ।