arrow

रावल कमरेड सुटुक्क वालुवाटारमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १ सोमबार
Bhim.jpg.jpeg

काठमाडौं। वर्तमान सरकारको कटु आलोचक रहेका डा. भीम रावल सुटुक्क वालुवाटार छिरेका छन्। आइतबार विहान कार्यदलको बैठकमा सहभागी हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न वालुवाटार छिरेको स्रोतले जनाएको छ। नेकपा स्थायी कमिटी सदस्य  रावल सत्तारुढ दल नेकपाभित्र सरकारको आलोचकका रुपमा प्रतिपक्षकै नेता भन्दा पनि चर्का भएका बेला प्रधानमन्त्री ओलीले आइतबार विहान भेट्न बोलाएपछि वालुवाटार गएका थिए।

आइतबार विहान अचानक प्रधानमन्त्री ओलीले रावललाई बोलाएका थिए । कार्यदलको बैठकमा जान लागेको बेला उनलाई वालुवाटारबाट ओली आफैले फोन गरेर बोलाएको स्रोतको दावी छ। आफ्नै पार्टीको सरकार र सरकारको नेतृत्वको आलोचनामा सधै प्रमुख प्रतिपक्ष भन्दा पनि अगाडी देखिने उनलाई ओलीले यसअघि पनि बोलाएर मन्त्री बन्न आग्रह गरेका थिए। कार्यदल बनाएपछि भने उनलाई ओलीले पहिलो पटक बोलाएका हुन् । अहिले सत्तारुढ दलका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र प्रचण्डले पार्टीभित्रको विवाद सल्टाउन गठन गरेको ६ सदस्यीय कार्यदलको सदस्य भएपछि उनको कडा भूमिकाको बारेमापनि पार्टीभित्र र बाहिर चर्चा हुन थालेको छ।

महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको कार्यदलमा उनी सदस्य छन् । कार्यदलको बैठक आइतबार बिहान साढे ८ बजेदेखि नै पौडेलको भैंसेपाटी निवास छेउमै रहेको एक ब्यापारीको घरमा बसिरहेको थियो । तर रावल ११ बजेसम्म पनि बैठकमा सहभागी भएनन् । वरिष्ठ नेता माधव नेपाल समुहका नेता रावल बैठकमा किन उपस्थित भएनन् भनेर कौतुहलता भइरहेको बेला वालुवाटार पुगेको जानकारी गराइएको थियो । आफ्नै पार्टीको सरकारको कमजोरीमा निक्कै खरो आलोचक बनेका उनलाई प्रधानमन्त्री ओली स्यवंले समय दिएर भेट्न बोलाएको र प्रधानमन्त्रीले उनको भूमिकालाई सकारात्मक ढंगको रहोस भन्ने चाहेको बताइएको छ।

आइतबार बिहान प्रधानमन्त्री ओलीसँग करिब ९ बजेदेखि ११ बजेसम्म भेटघाट गरेको वालुवाटार निकट स्रोतले जानकारी दियो। ओली स्वयंले कार्यदल बैठक चलिरहेका बेला रावललाई बालुवाटार किन बोलाए ? कार्यदलको बैठकमा पुगेका उनले समसामायिक विषयमा छलफलका लागि प्रधानमन्त्रीले आफुलाई बालुवाटार बोलाएको सामान्य जानकारी दिने बाहेक थप कुराकानी खुलाएनन् । पार्टी स्थायी समिति बैठक शुरु भएकै दिन गत असार १० मा उनले पार्टी बैठकको एजेण्डा बनाउने बेला पनि सरकार र पार्टीका सम्बन्धवारे थप चर्चा गरिरहदा ओलीले रावललाई यस विषयमा आफुले छुट्टै छलफल गर्ने बताएका थिए। 

त्यसका लागि आफुले समय नै दिएर बोलाउने प्रधानमन्त्री ओलीको भनाई थियो । त्यसपछि दुई साता अगाडी मात्रै प्रधानमन्त्रीले रावललाई भेटघाटका लागि बालुवाटार बोलाएका थिए । त्यसबेला भने झण्डै दुई घण्टा ओली र रावलका बीचमा भेटवार्ता भएको थियो । त्यसपछि उनको वान टु वान छलफल आइतबार भएको हो । दुई साता अगाडीको छलफलमा प्रधानमन्त्री ओलीले ०३६ सालको विद्यार्थी आन्दोलन देखिको घटनाक्रममा रावलको भूमिका अत्यन्त महत्वपूर्ण रहेको भन्दै पार्टीभित्रको विवाद चर्काउने भन्दा सल्टाउने गरी जानुपर्ने भन्दै छलफल गरेका थिए । रावलको पार्टीभित्रको योगदानको चर्चा गरेका ओलीले त्यसबेला आफ्ना चिकित्सकहरु स्वास्थ्य फलोअपका लागि बालुवाटार आईसकेको र अर्काे दिन फेरि बोलाएर छलफल गर्ने भन्दै त्यसबेला बिदाई गरेका थिए। 

रावलले प्रधानमन्त्रीको मात्र कुरा सुनेर फर्केका थिए, त्यसबेला । अर्काे दिन फेरि अब तपाईको कुरा सुन्न म बालुवाटार बोलाउँछु भन्दै प्रधानमन्त्रीले उनलाई बिदाई गरेका थिए । अहिले कार्यदल बनेपछि कार्यदलमा हुने छलफलमा रावलको प्रस्तुती मत्थर बनाउन प्रधानमन्त्रीले उनलाई यही बेला बोलाएर छलफल गरेको हुनसक्ने बताईएको छ । रावल पार्टीभित्र प्रमाणसहित बोल्ने खरो नेताको रुपमा रहेका कारण पनि ओलीले समेत पार्टीहितको पक्षमा प्रयोग गर्ने नेताको रुपमा पर्छन । तत्कालिन माओवादी द्धन्दका बेला पनि ओलीले रावललाई कतिपय सन्दर्भमा ‘डिल’ गर्न पठाउथे । अहिले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को कट्टर विरोधी रहेका रावलकै कारण पनि संसदमा पेश हुन सकेको छैन भने एमसीसी सत्तारुढ दलभित्रको विवादको जड समेत भएको छ । रावल एमसीसी सुझाव सम्बन्धी कार्यदलमा समेत रहेका थिए।



लोकप्रिय समाचार
नयाँ