arrow

कालिकोटका बाढिपहिरो पिडितलाई कांग्रेस नेता शाहीद्वारा पाँच लाख सहयोग

logo
प्रकाशित २०७७ भदौ १ सोमबार
bhupendrajung-shahi.jpg

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले बाढिपहिरोमा परि ज्यान गुमाएका पिडित परिबारलाइ पाँच लाख सहयोग गर्ने भएका छन् । यो बर्षको बाढीपहिरोले कालिकोटमा निकै नै बढी मानवीय तथा धनजनको क्षति भएको छ ।

 ३५ जनाको दुखद मृत्यु भएको छ, ५०० घर भत्किएका छन्, १००० भन्दा बढि परिबार बिस्थापित भएका छन् भने हजारौ ब्यक्तिलाइ बाढीपहिरोले प्रताडित र प्रभावित बनाएको छ।

उक्त बिपत र दुखद घडिमा राज्य र सरकारको अभिभावकिय भुमिका हुनपर्नेमा सरकार आफ्नो जिम्मेवारीबाट चुकेको नेता शाहीले बताए । उनले भने, ‘यस्तो प्राकृतिक बिपतको घडीमा मैले सरकारको आलोचना गर्ने मात्रै भन्दा पनि दुई दुई पटक सांसदको उम्म्मेद्वार भएकै नाताले मेरो पनि केहि कर्तब्य हुन्छ भन्ने मैले ठानेको छु । यहि कर्तब्य र मानवियताको नाताले साथिहरुको सहयोग तथा मेरो तर्फबाट पाँच लाख बराबरको केहि नगद र केहि आवश्यक सामग्री मृतक परिबारलाई सहयोग गर्ने जानकारी गराउदछु।’

यो दुखद र पिडाको बेला सरोकारवाला निकाय र सम्बन्धीत सबैमा सामाजिक सेवा र मानवियताको नाताले सक्दो सहयोग गर्न सबैमा उनले अपिल गरेका छन् ।



लोकप्रिय समाचार
नयाँ