arrow

ओली मोदीको संवादसँगै नेपाल भारत अनुगमन संयन्त्रको पनि वैठक शुरु

logo
प्रकाशित २०७७ भदौ १ सोमबार
nepal-india-meeting.jpg

काठमाडौं। केहि महिनादेखि तनावसँगै संवादहिनताको अवस्थामा रहेको नेपाल भारत सम्वन्धले लय पक्रिन थालेको छ। दुई देशका प्रधानमन्त्री केपी शर्मा ओली र नरेन्द्र मोदीबीचमा वार्ता शुरु भएसँगै प्रसासनीक तथा कुटनीतिक तहमा पनि वैठक हुन थालेको हो।

सोमबार मात्रै नेपाल र भारतबीच डीजीटल संवाद भएको छ। नेपालका तर्फबाट परराष्ट्र सचिव शंकर दास वैरागी र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले नेतृत्व गरेको दुई देशको प्रतिनिधीमण्डलकाबीच संवाद भएको हो।

दुई देशबीच अनुगमन संयन्त्र सन् २०१६ बाट शुरु भएको थियो। संयन्त्रले भारतीय सरकारको सहयोगमा नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग र नेपाल सरकारका विभिन्न निकायबाट संचालित विभिन्न परियोजनाहरुको अनुगमन गर्नेछ। दुई देशबीच भएको उच्चस्तरीय वैठकमा सचिव वैरागी सहित नेपाल सरकारका विभिन्न मन्त्रालय विभाग र निकायका प्रतिनिधीहरु, भारतीय दुतावासका अधिकारीहरु र परामर्शदाताहरुको समेत सहभागिता थियो।

वैठकमा सन् २०१९ जुलाई ८ मा भएको सातौं वैठकपछिको आर्थिक तथा विकासका सहकार्य सम्वन्धी परियोजनाहरुको बारेमा विस्तृत समिक्षा भएको थियो। वैठकमा दुबै देशका अधिकारीहरुले परियोजनाहरुको यथाशीघ्र कार्यान्वयनको पक्षमा जोड दिएका थिए।

वैठकको सहअध्यक्षता गरेका भारतीय राजदुत क्वात्राले भुकम्पपछि पुननिर्माण गर्ने प्रतिबद्धता जनाएको गोर्खा र नुवाकोटका ५० हजार घरमध्ये ४६ हजार ३०१ घर बनाइसकेको जानकारी गराएका थिए । मोतिहारी अमलेखगञ्ज क्रसबोर्डर पेट्रोलियम पाइपलाईन संचालनमा ल्याउनु, विराटनगर भन्सारमा एकिकृत चेकपोष्ट निर्माण र सामुदायिक विकासका परियोजनाहरुको बारेमा राजदुत क्वात्राले वैठकमा जानकारी गराएका थिए।

वैठकमा कोभिड १९सँग जुध्न भारत सरकारले उपलव्ध गराएको औषधी तथा स्वास्थ्य सामग्रीको सहयोगका लागि सचिव वैरागीले भारत सरकारलाई धन्यवाद दिएका थिए। दुई देशको आपसी सहमतिमा दुबै पक्षलाई अनुकुल हुनेगरि अर्को वैठक तोक्ने सहमति समेत भएको छ।



लोकप्रिय समाचार
नयाँ