कपिलवसतु । शुद्धोदन गाउपालिकाको लवनी चौराहामा मास्क नलगाएर हिडने युवाहरुलाई कारबाही गर्न खोज्दा प्रहरीलाई हातपात गरिएको छ । मास्क लगाउन आग्रह गर्दा युवाहरुले लवनी प्रहरी चौकीमा कार्यरत हवल्दार सहीत तीन जनालाई कुटपीट गरी टाउको फुटालेका हुन ।
घटनामा प्रहरी हवल्दार बिनोद कुमार बरुन, प्रहरी जवानहरु जियावन कोहार र महेन्द्र यादव घाईते भएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।
कोरोना भाईरसको उच्च जोखिम बढे पछि गृह मन्त्रालय र स्थानीय प्रशासनको निर्देशन पछि प्रहरीले मास्क नलगाउनेलाई कारबाही गर्ने अभियान जारी राखेको छ ।
यही अभियानमा खटिएका प्रहरीमाथी हातपात भएको हो । घाईते प्रहरीको स्थानीय मेडिकलमा उपचार भईरहेको छ । घटना पछि लवनीमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ओरापीको पहिचान भएको प्रहरी उपरिक्षक अधिकारीले बताए ।
आरोपीहरुको खोजीभईरहेको उनले बताए ।