काठमाडौं । इटालियन क्लब इन्टर मिलान युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति युक्रेनी क्लब शख्तर डोनेस्कलाई ५–० गोल अन्तरले हराउँदै इन्टरले फाईनलमा स्थान सुरक्षित गरेको हो ।
इन्टरको जितमा लौटारो मार्टिनेज र रोमेलु लुकाकुले समान दुई दुई गोल गरे । ड्यानिलो डी आम्ब्रोसियोले थप एक गोल गरे ।
इन्टर १० औं पटक युरोपियन प्रतियोगिताको फाईनल प्रवेश गरेको हो । इन्टर सन् २०११ पछि पहिलो उपाधिको नजिक पुगेको छ । इन्टर एक अंकले पछि रहँदै यसपटकको सिरि एको उपाधि गुमाएको थियो ।
इन्टरले अब उपाधिका लागि शुक्रबार स्पेनिश क्लब सेभियासंग प्रतिस्पर्धा गर्नेछ । सेभियाले सेमिफाइनलमा इंगलिश क्लब म्यान्चेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले हराएको थियो ।