काठमाडौं । स्पेनिश फुटबल क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक क्वेक सेटिनलाई बर्खास्त गरेको छ । बार्सिलोनाले सोमबार मुख्य प्रशिक्षक सेटिनलाई बर्खास्त गरेको हो ।
च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग लज्जास्पद ८–२ गोल अन्तरको हार व्यहोरेपछि बार्सिलोनाले मुख्य प्रशिक्षक सेटिनलाई बर्खास्त गरेको हो ।
पोर्चुगलको लिस्बनमा गत शुक्रबार राति भएको खेलमा बार्सिलोनाले बायर्नसँग लज्जास्पद हार बेहोर्न पुगेको हो ।
बार्सिलोनाले गत जनवरीमा मात्र सेटिनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । अर्नेस्टो भालभर्डे बर्खास्त गर्दै बार्सिलोनाले ६१ वर्षीय सेटिनलाई टिमको जिम्मेवारी दिएको थियो ।
सेटिनको नेतृत्वमा बार्सिलोनाले यस सिजन ला लिगाको उपाधि समेत जित्न असफल भएको थियो ।
बार्सिलोनाले नयाँ प्रशिक्षक केहि दिनमा घोषणा गर्ने समेत जनाएको छ ।