काठमाडौं । शास्त्रीय गायक पंडित जसराजको निधन भएको छ । उनको हृदयाघातका कारण निधन भएको हो ।
पद्म विभूषण पंडित जसराज पछिल्लो केही समयदेखि परिवारका साथ अमेरिकामा बस्दै आएका थिए । उनको २८ जनवरी १९३० मा हरियाणाको हिसारमा जन्म भएको हो ।
उनको चार पुस्ता शास्त्रीय संगीत परम्परालाई अगाडि बढाउन सफल भएको थियो । उनको सुरुआत तवलाबाट भएको थियो ।
जसराजले जुगलबन्दीको रचना गरेका थिए । जसमा महिला र पुरुष गायक अलग अलग रागमा एकैसाथ गीत गाउँथे । यस जुगलबन्दीलाई जसराजले ‘जसरंगी’ नाम दिएका थिए ।
जसराजले मधुराष्टकम् वल्लभाचार्यले रचना गरेको भगवान कृष्णको मधुर स्तुति आफ्नो स्वरमा घरघरमा पुर्याएका थिए । त्यो स्तुति हो –
अधरं मधुरं वदनं मधुरं, नयनं मधुरं हसितं मधुरं ।
हृदयं मधुरं गमनं मधुरं, मधुराधिपतेरखिलं मधुरं ।।