काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढी रहेको छ । सोमबार संक्रमित हुने भन्दा निको हुने चार हजारले बढी रहेका हुन् ।
५४ हजार ३ सय संक्रमित थपिएकामा ५८ हजार १७२ जनाले कोरोनालाई जितेका हुन् । हाल भारतमा कोरोना संक्रमितको संख्या २७ लाख १ हजार ६०४ रहेको छ भने निको हुनेको संख्या १९ लाख ७६ हजार २४८ पुगेको छ ।
हाल ६ लाख ७२ हजार ९२४ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार ८८० जनाको ज्यान गयो । अहिलेसम्म ज्यान गुमाउने ५१ हजार ९२५ पुगेका छन् ।
भारतमा सोमबार विश्वकै सबैभन्दा बढी संक्रमित रहे । सबैभन्दा बढीलाई निको भयो र सबैभन्दा बढीको ज्यान गयो ।
यस्तो छ अन्य देशको अवस्था
सोमबार विश्वभर १ लाख ९१ हजार ५२१ संक्रमित थपिए । ४ हजार ८३ जनाको ज्यान गयो ।
शीर्ष स्थानको अमेरिकामा ४० हजार ६१२ संक्रमित थपिए । जम्मा संक्रमित ५६ लाख १२ हजार २७ पुगेका छन् । मृतक ५८९ थपिएर १ लाख ७३ हजार ७१६ पुगेका छन् ।
दोस्रो स्थानको ब्रजिलमा २३ हजार ३८ संक्रमित थपिएर ३३ लाख ६३ हजार २३५ संक्रमित पुगेका छन् । ७७५ जनाको ज्यान गएसंगै कुल मृतकको संख्या १ लाख ८ हजार ६५४ पुगेको छ ।
भारत तेस्रो स्थानमा रहेको छ । चौथो स्थानको रुसमा ४ हजार ८९२ संक्रमित थपिएर ९ लाख २७ हजार ७४५ जना पुगेका छन् । मृतक ५५ थपिएर १५ हजार ७४० पुगेका छन् ।
पाँचौं स्थानको दक्षिण अफ्रिकामा २ हजार ५४१ जना संक्रमित थपिएर ५ लाख ८९ हजार ८८६ जना पुगेका छन् । मृतक १४३ थपिएर ११ हजार ९८२ पुगेका छन् ।
पछिल्लो समय फेरि बढ्दै गएको दशौं स्थानको स्पेनमा १ हजार ८३३ संक्रमित थपिएका छन् । कुल संक्रमित ३ लाख ८२ हजार १४२ पुगेका छन् । मृतक २ थपिएर २८ हजार ६४६ पुगेका छन् ।
कोरोना भाइरसको उद्गम देश चीनमा २२ नयाँ संक्रमित थपिएका छन् । चीन ३४ औं स्थानमा छ । त्याहँ ८४ हजार ८४९ जनामात्र संक्रमित पुगेका छन् । ४ हजार ६३४ जनाको ज्यान गएको छ ।
अहिले ६१२ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।
नेपाल ६७ औं स्थानमा छ । नेपालमा २७ हजार २४१ जना संक्रमित छन् । १०७ जनाको ज्यान गएको छ भने ९ हजार ६३९ जना सक्रिय संक्रमित पुगिसकेका छन् ।