सर्लाही । सर्लाहीको लालवन्दीका पुरोहितले यसपाली कुश घर–घरमा नपुर्याउने भएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण पुरोहितले आफ्नो यजमानका कुस नपुर्याउने भएका हुन् ।
पछिलो समय सर्लाहीमा दिन प्रतिदिन कोरोना संक्रमित बढ्दै गएकाले कुश घर घरमा पुर्याउने बिधि गर्न गाह्रो भएको श्रीमद्भागवत प्रचार प्रसार संघका अध्यक्ष पन्डित नारायणशरण काफ्लेको भनाइ छ ।
लालबन्दीमा क्रियाशिल पुृरोहितको सामुहिक भेलाले यस्तो सहमति गरेको हो । यसपालि सामुहिक रुपमा लगाइने तिजको पन्चमी पुजा समेत नलगाइने सहमति भएको छ ।
दिन प्रतिदिन कोरोना संक्रमित बढिरहँदा प्रत्येक यजमानको घरमा पुग्ता संक्रमित हुने संभावना धेरै हुने र यस नगरमा समेत संक्रमित धेरै भएकाले यस्तो सहमतिमा पुगेको पुरोहितहरुको भनाइ छ ।
कुशपछि यजमानका कार्य गर्न जाँदा लैजाने र पन्चमी पूजा बिवाह पन्चमी भन्दा पहिले समय अनुकुल पारेर गर्ने योजना पुरोहितहरुले बनाएका छन् ।
यस पालि कुशे औंशी भोलि परेको छ भने पन्चमी आगामी आइतबार परेको छ ।