पोखरा । पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणबाट पोखरामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
पोखरामा तनहूँ व्यास नगरपालिकाकी ५० वर्षीया महिलाको सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनको मृत्यु सोमबार राति भए पनि पीसीआर रिपोर्ट मंगलबार बिहानमात्रै आएको थियो । उनको पीसीआर रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको बताइन्छ ।
गत आइतबार पोखरास्थित कास्की सेवा अस्पतालमा भर्ना भएकी उनको सोमबार राति निधन भएको हो । ती महिलामा कोरोना लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो ।
कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शब मजुवाघाटमा व्यवस्थापनको तयारी भइरहेको कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।