कपिलवस्तु । कपिलवस्तुमा मंगलवार २० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार मंगलबार जिल्लामा थप २० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कार्यलयका अनुसार संक्रमित मध्ये दूई जना वाणगंगा नगरपालिका २ बैरियाका हुन भने अन्य १८ जना कपिलवस्तु नगरपालिकाका संक्रमित रहेका छन् । सबै भन्दा वढि तौलिहवा क्षेत्रमा दिनहुं संक्रमित थपिएका छन् ।
यसरी संक्रमितहरु शिक्षक ,विद्यार्थी, व्यापारी, प्रहरी, एम्वुलेन्स चालक ,स्वास्थ्यकर्मी रहेको जनाइएको छ । मंगलबार थपिएका सबै समुदायका रहेका छन् । यो संगै जिल्लामा संक्रमित संख्या ९६६ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले बताए ।
कोरोनाका कारण अहिले सम्म २ जनाको ज्यान गएको छ । जिल्लामा समुदायमै कोरोना देखिएपछि यहि भदौ ७ गते सम्म निषेधज्ञा जारी गरिएको छ ।