arrow

सन्दीप फर्किए खेलमा, बिना दर्शक खेलाइने

logo
प्रकाशित २०७७ भदौ २ मंगलबार
sandeep-lamichhene-delhi.jpg

काठमाडौँ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सिपिएल) मंगलबारदेखि शुरु हुँदैछ । ट्रिनिडाड एण्ड टोबागोमा मंगलबार राति ७:४५ बजेदेखि सिपिएल शुरु हुनेछ । 

सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति ७:४५ बजे खेल्नु हुनेछ । सन्दीप सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्नेछ । सिपिएल खेल्न आफू निकै उत्साहित भएको सन्दीपको भनाइ छ । सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुशी लागेको बताएका छन् । 

सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका थिए । नियमित उडान बन्द गरिएको अवस्थामा उन कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए । यसबीच सन्दीपले दुई पटक पिसिआर परीक्षण गराएका थिए । नेपाल र टोबागोमा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । उक्त रिपोर्टसँगै सन्दीपले सिपिएल खेल्ने बाटो खुला भएको हो । 

यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सिपिएल खेलिसकेका छन्। सिपिएल भदौ २५ गतेसम्म चल्ने छ । सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्दैछन् । सिपिएलमा कूल ३३ खेल हुने छन् । 

कोरोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन् । मंगलबार पहिलो खेल राति ७:४५ बजे ट्रिनबागो नाइट राइडर्स र गुएना वारियर्सबीच तथा अर्को खेल बुधबार बिहान ३:१५ बजे बारबाडोस र सेन्ट किट्सबीच हुनेछ । 



लोकप्रिय समाचार
नयाँ