काठमाडौं । बलिउड अभिनेता आमिर खानले टर्कीकी प्रथम महिला एमिन एर्दोगनलाई भेटेपछि रातारात 'देशद्रोही' बनेका छन् । फिल्म लाल सिंह चड्ढाको सुटिङका क्रममा आमिरले टर्कीकी प्रथम महिला एर्दोगनलाई भेटेपछि सोशल मीडियामा 'देशद्रोही' बनेका हुन्। टर्कीकी पहिलो महिलाले सोशल मीडियामा पोस्ट गरेको दुबैको तस्विर भाइरल भएपछि आमिरलाई देशद्रोहको आरोप लाग्न थालेको हो ।
टर्कीले अनुच्छेद ३७० मा भारत विरोधी रणनिति अपनाउदै पाकिस्तानलाई सहयोग गरेको थियो । सो समय टर्कीले लगातार भारतको निर्णयको विरोध गरेको थियो । सन् २०१५ मा आमिर खानले असहिष्णुताबारे टिप्पणी गर्दै उनकी श्रीमती किरण पनि देशमा बस्न डराउँछिन् भनेका थिए । अब आमिर टर्कीकी महिलासँग भेटको तस्विरपछि एक वर्गको निशानामा परेका छन् ।
एक ट्वीटमा भनिएको छ, 'पहिले उनले आफ्नो फिल्महरूमा हिन्दू विरोधी कुरा प्रचार गरे र अब उनी भारतका शत्रुहरूलाई भेटिरहेका छन्। आमिर खानलाई कुनै लाज छैन।'
टर्कीकी पहिलो महिला एमिन एर्दोगनले आमिरसँग तस्विर ट्वीट गर्दै लेखिन्: 'इस्तांबुलमा विश्व प्रसिद्ध अभिनेता, फिल्म निर्माता र निर्देशक आमिर खानलाई भेट्दा खुसी लाग्यो। आमिरले टर्कीको विभिन्न क्षेत्रहरुमा आफ्नो नयाँ फिल्म लाल सिंह चड्ढाको शूटिंग गर्ने निर्णय गरेका छन् । '
आमिरलाई निशाना बनाउँदै, भाजपा सांसद सुब्रमण्यम स्वामीले ट्वीट गरे, 'मैले पहिल्यै भनेको थिएँ कि खान गिरोहका तीन अपराधीमध्ये आमिर एक हुन्।'
साथै भाजपा नेता तरुण विजयले ट्वीट गरे, 'आमिर टर्कीमा सद्भावको आनन्द लिन्छन्, उनी हिन्दुलाई घृणा गर्छन् र हिन्दू विश्वास बिरूद्ध फिल्महरू बनाउँछन्। आमिरको पीके र टर्कीको बीर बाबा हिन्दुमा कुनै भिन्नता छैन।
वीएचपी प्रवक्ता विनोद बंसलले ट्वीट गरे, आजकल केही व्यक्ति र कलाकारहरूले उनीहरूको बिरोधिसँग प्रेम गर्न थालेका छन्। दर्शकहरूले सबै बुझ्दछन् जुन मानिसललाई भारतीय दर्शकले टाउको र आँखामा बसाएर अभिनेता बनाए आज भारत विरोधी, टर्की जस्ता देशहरू भेट्न पाउँदा गर्व महसुस गर्छन्, तब देशका दर्शकहरू चोट सहन बाध्य छन्! सोच्नु पर्छ।
टर्कीको ट्वीट आमिर खानसँग जोडिएपछी कांग्रेस प्रवक्ता अभिषेक मनु सिंघवीले सफाइ दिदै भने, 'मलाई आमिर खानको बारेमा कुनै जानकारी थिएन।' मैले भर्खर टर्कीमा एउटा लेख पढेपछि ट्वीट गरें। सिंघवीले भने, आमिर खान एक स्वतन्त्र नागरिक हुन्, जसलाई पनि उनी भेट्न सक्छन्। आमिर खान न त हाम्रो राजदूत, न सांसद, न सरकारी अधिकारी हुन्। के समस्या हुन सक्छ? अब यदि अमीर खानले दाऊद इब्राहिम वा भारत विरोधी काममा संलग्न कुनै अपराधीलाई भेटे भने यो गलत हुनेछ। आमिर खानसँग स्वतन्त्र अधिकार छ, तर म टर्कीको विरोध गर्दछु।'
सिंघवीले यसअघि सोमबार बिहान ट्वीट गरेका थिए, 'एर्दोगान खलीफा बन्न कोशिस गर्दैछन्। उनी सँधै भारतविरोधी रहेका छन् र टर्कीले भारतमा उग्रवादलाई आर्थिक सहयोग गरिरहेको छ। टर्की भारतको लागि सबैभन्दा ठूलो अदृश्य खतरा हो। एर्दोगान वा उनको चिनारीलाई विश्वास गर्न सकिदैन। पछि, जब उनको ट्वीट आमिर खानसँग जोडिएर हेरियो उनले ट्वीट मार्फत स्पष्ट गरे कि मेरो अघिल्लो ट्वीटले आमिर खानसँग कुनै सम्बन्ध राख्दैन। मैले न उनलाई न मेन्सन न ट्याग गरेको छु।'