arrow

सर्लाहीमा एकै दिन थपिए १०१ संक्रमित

logo
प्रकाशित २०७७ भदौ २ मंगलबार
corona-test-nepalgunj.gif

सर्लाही । सर्लाहीको कौडेना र विष्णु गाउँपालिका तथा हरिपुर नगरपालिकामा गरी आज (मंगलवार) १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । ती पालिकाहरुले संकलन गरेर पठाएको थ्रोट स्वाबको धमाधम रिपोर्ट आइरहेको छ । 

मंगलवार दिउँसोसम्म प्राप्त रिपोर्ट अनुसार कौडेनामा ५८ जना, हरिपुरमा ३१ जना र विष्णुमा १२ जनामा पोजेटिभ देखिएको हो । कौडेनामा वडाध्यक्ष एवं विष्णुमा ५ जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको छ । 

कौडेनाले ३०० तथा विष्णुले १८० जनाको स्वाब परीक्षणका लागि पठाएको थियो । हरिपुरबाट २४६ जनाको स्वाब पठाईएकामा १०० जनाको मात्र परीक्षण भएको हो । स्वास्थ्य कार्यालय मंलगवाका अनुसार दिउँसोसम्म विभिन्न पालिकाहरुको धमाधम रिपोर्ट आइरहेको छ । 

मंगलबार साँझसम्म अझै थप रिपोर्टहरु आउने बताईएको छ ।



लोकप्रिय समाचार
नयाँ