कपिलवस्तु । कपिलवस्तुमा मंगलबार २९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार मंगलबार जिल्लामा थप २९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कार्यलयका अनुसार संक्रमित मध्य २ जना वाणगंगा नगरपालिका १ बैरियाका हुन ,यस्तै १ जना भन्सार कार्यालय कृष्णनगरका कर्मचारी र १ जना यशोधरा गाउंपालिका मर्जादपुर प्रहरी चौकीका प्रहरी रहेका छन् ।
अन्य २५ जना कपिलवस्तु नगरपालिका तौलिहवाका संक्रमित रहेका छन् । सबै भन्दा वढि तौलिहवा क्षेत्रमा दिनहुं संक्रमित थपिएका छन् । यसरी संक्रमितहरु शिक्षक ,विद्यार्थी, व्यापारी, प्रहरी, एम्वुलेन्स चालक ,स्वास्थ्यकर्मी रहेको जनाइएको छ ।
निजी अस्पताल संचालक , मन्दीरका पुजारी लगायत संक्रमित भएका छन् । मंगलबार थपिएका सबै समुदायका रहेका छन् ।कपिलवस्तुमा हाल १ सय ७३ जना संक्रिय संक्रमित रहेका छन् भने जिल्लामा संक्रमित संख्या ९७५ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले बताए ।
कोरोनाका कारण अहिले सम्म २ जनाको ज्यान गएको छ । जिल्लामा समुदायमै कोरोना देखिएपछि यहि भदौ ७ गते सम्म निषेधज्ञा जारी गरिएको छ ।